सर्वोच्च अदालतका एक जना नायव सुब्बालाई पक्राउ…

In राजनीति, समाज
२० कार्तिक २०७६, बुधबार १७:०७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतका एक जना नायव सुब्बालाई पक्राउ गरेको छ ।
अदालतमा हुने ‘मुद्दाको सेटिङ’को घटनाबारे अनुसन्धानका क्रममा अदालतको अभिलेखालय शाखामा कार्यरत नासु सुधिर खड्कालाई पक्राउ गरिएको अख्तियार स्रोतले जानकारी दियो ।
अख्तियार स्रोतका अनुसार नासु खड्काले सर्वोच्च अदालतकै एकजना न्यायाधीशको नाम लिएर मुद्दा मिलाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग डिल गर्ने गरेका थिए ।
सोही सूचनाका आधारमा खड्कालाई पक्राउ गरिएको अख्तियार स्रोतले जानकारी दियो । ‘पहिलेदेखि नै अनुसन्धान भइरहेको घटनामा उनको संलग्नता देखिएका कारण नियन्त्रणमा लिइएको हो,’ ‘अहिले अनुसन्धान चलिरहेको छ ।’खड्कालाई सोमबार पक्राउ गरिएको अख्तियार स्रोतले जानकारी दियो ।
अख्तियार स्रोतका अनुसार नासु खड्कामाथि गुपचुप रुपमा छानबिन भइरहेको छ । ‘यो घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुने संभावना देखिएको छ,’