587 views 0 secs 0 comments

सल्यानमा पिकअप भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु, ६ जना घाइते…

In समाज
१० आश्विन २०७६, शुक्रबार १४:३५

सल्यानमा पिकअप भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
कपुरकोट गाउँपालिका-४ किमिचौरस्थित सठकमा लु१च ४१५३ नम्बरको भ्यान दुर्घटना हुँदा किमिचौरकै ६७ वर्षीय कर्मी पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । भ्यान अनियन्त्रित भइ सडकबाट २५ मिटर तल खस्दा घाइते भएकी पुनको अञ्चल अस्पताल तुलसीपुर दाङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका अन्य ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिएका छ ।