1174 views 0 secs 0 comments

चरी इन्काउन्टर गर्ने प्रहरीको टिमबाटै मारिए मनोज पुन

In देश, समाज
९ फाल्गुन २०७४, बुधबार ११:१९

काठमाडौं । गत साता जिल्ला प्रहरी कार्यालय रामेछापका इन्चार्ज डिएसपी कुमोध ढुंगेलको एक्कासि सरुवा भयो। प्रहरी प्रधान कार्यालयले उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सरुवा गरेको थियो। एउटा मात्र जिल्लाको इन्चार्ज फेरिनुलाई कतिपयले अनौठो रुपमा लिएका थिए।

उक्त सरुवाको रहस्य बुधबार खुलेको छ। बुधबार बिहान ुमोस्ट वान्टेड गुन्डा नाइके मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी गोलीबाट ढल्नुमा उक्त सरुवाको सम्बन्ध देखिएको छ।

हत्या र असुलीको आतंक मच्चाउदै आएका पुनलाई पक्राउ गर्नकै लागि डिएसपी ढुंगेललाई रुपन्देहीमा सरुवा गरिएको हो। उनकै कमाण्डमा रहेको टिमसँगको मुठभेडमा पुन र आले मारिएका हुन्। स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले सोही मिसनका लागि डिएसपी ढुंगेललाई रुपन्देहीमा सरुवा गरेको थियो।

चरी र पुनको इन्काउन्टरमा एउटै टोली

डिएसपी ढुंगेल तिनै प्रहरी अधिकारी हुन्, जो ३ वर्षअघि डन दिनेश अधिकारी चरीको इन्काउन्टरमा आबद्ध थिए। त्यतिबेला उनी महानगरीय अपराध महाशाखामा इन्सपेक्टरका रुपमा कार्यरत थिए।

२०७१ साउन २१ मा भीमढुंगामा अधिकारीको मृत्यु भएको थियो। त्यतिबेला महाशाखाको प्रमुखमा पुष्कर कार्की थिए। संयोगवश उनै कार्कीले मनोज पुन इन्काउन्टरको पनि केन्द्रीय तहबाट समन्वय गरेका थिए। चरी र पुन दुवैलाई गोली हान्ने प्रहरी अधिकृतसमेत एकै जना भएको प्रहरी स्रोत बताउँछ।