645 views 0 secs 0 comments

तमू ल्होसारमा टुँडिखेलमा भव्य कार्यक्रम हुने

In देश
६ पुष २०७५, शुक्रबार १४:३७

काठमाडौं– आगामी पुस १३, १४ र १५ गते गुरुङ समूदायले आफ्नो महान चाड तमू ल्होसार काठमाडौंको टुँडिखेलमा भव्यताका साथ मनाउने भएका छन् । तमू ल्होसार मूल आयोजक समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी पुस १३, १४ र १५ गते विभिन्न कार्यक्रम गरी तमू ल्होसार पर्व मनाउने जानकारी गराएको हो ।

तमू जातिको भाषा, संस्कार, संस्कृति, खानपानलगायत झल्कने गरी लोकदोहोरी तथा नृत्य प्रतियोगिता पनि सो पर्वको अवसर पारेर आयोजना गर्न लागिएको तमू ल्होसार मूल आयोजक समितिका महासचिव लोकबहादुर गुरुङले जानकारी दिए ।

समितिले पुस १२ गते खेलकुद प्रतियोगिता कार्यक्रम आयोजना गर्नेछ । त्यसैगरी १३ गते लोकदोहोरी तथा नृत्य प्रतियोगिता आयोजना गर्ने र मुख्य दिन १५ गते काठमाडौंको बसन्तपुरबाट सांस्कृतिक झाँकीसहितको

र्याली निकालि टुँडिखेलमा पुगेर कोणसभामा परिणत हुनेछ । सो कार्यक्रमलाई प्रधानमन्त्री केपी ओलीले पनि सम्बोधन गर्नेछन् । कार्यक्रम अवधिभर कार्यक्रम स्थल टुँडिखेलमा तमू समुदायको परिकारसहितको फुड स्टलको पनि व्यवस्था गरिनेछ ।

यसैबीच, तमू समूदायले आफूहरुको सांस्कृतिक चाडपर्व तमू ल्होसारको विदा कटौती नगर्न सरकारलाई पुनः दवाव पनि दिएको छ ।