678 views 0 secs 0 comments

प्रहरीलाई घुस दिन खोज्ने सबिन पक्राउ…

In देश
२७ श्रावण २०७६, सोमबार १५:०४

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा.८९ प ४५१८ नम्बरका मोटरसाइकल चालक कलंकी बस्ने सिन्धुली घर भएका २२ वर्षीय सबिन खड्कालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–११ थापाथलीमा खड्काको मोटरसाइकल प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको सवारी दर्ता किताब नभएकाले कारबाहीबाट बच्न नगद १ हजार १ सय रुपैयाँ दिएर उनले प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।