559 views 0 secs 0 comments

कडा आँधीका कारण ३० जना मृत्यु, ५०० जना घाइते: चीन

In विश्व
२७ श्रावण २०७६, सोमबार १४:५०

चीनमा शनिबार ‘लेकिमा’ नामक कडा आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ भने आँधीबाट करिब ५०० जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन्। आँधीले करिब २५ हजार घरहरूमा क्षति पुयाउनुका साथै १० लाख ६० हजार चिनियाँ युआनको आर्थिक क्षति पुयाएका प्रारम्भिक अनुमान छ।
आँधी चीनको च च्याङ प्रान्तबाट शनिबार सुरु भएर च्याङ सु प्रान्तमा प्रवेश गरेको थियो। अगस्टको ११ तारिख दिउँसो चिनियाँ पहेँलो समुद्र क्षेत्रको पश्चिमतिरजाने र सोही दिनको बेलुकीसम्म शान तुङ प्रान्तको री चाउ नामक शहरनजिकका क्षेत्रमा पुग्ने चिनियाँ मौसम विज्ञान केन्द्रले जनाएको छ।
यस्तै आँधीपछि आएको पहिरोमा परेर च च्याङमा १४ जना हराइरहेका सुरक्षा अधिकारीले बताएका छन्। शनिवार बिहान लेकिमाले ताइवान र चीनको आर्थिक राजधानी शाङ्घाईको बीचमा पर्ने वेन्लिङलाई प्रभावित तुल्याएको थियो। लेकिमालाई पहिला ‘कडा तुफान’ मानिएको थियो ।
तर भूमिमा आइपुग्नुपहिले नै तुफानको गति क्षीण भएको छ। शुरूमा ‘लेकिमा’१८७ किलोमिटर प्रतिघण्टाको वेगमा आएको चिनियाँ मौसम विज्ञान केन्द्रले जनाएको छ।