
सप्तरी, खड्क नगरपालिका-७ कल्याणपुर बस्ने रुपनी गाउँपालिका-६ बीरेन्द्रबजार घर भएका ६० वर्षीय राम दुलारी आले मगरको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । पानी तान्ने मोटर चलाउने क्रममा केरेन्ट लागेर गम्भीर घाइते भएका उनको सप्तऋषि अस्पताल लहान सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । बारा, जितपुर सिमरा उपमहानगरपालिका-७ मदरसा टोल बस्ने ३८ वर्षीय नुर महमद देवानको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएका उनको उपचारको लागि बीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
मोरङ, ग्रामथान गाउँपालिका-७ नेताचौक बस्ने ३५ वर्षीय उमालाल पाचकोटीको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ । काठमाडौं महानगरपालिका-१४ कलंकी खसीबजार डेरा गरी बस्ने कपिलवस्तु घर भएका ५२ वर्षीय सियम सुब्बा आफ्नै कोठामा आइताबार साँझ मृत अवस्थामा फेला परेका छन् ।
कास्की, मादी गाउँपालिका-३ स्यागेस्थित बस्ने ५० वर्षीय केश बहादुर रानाभाट सोही ठाउँमा आइतबार राति मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ । काठमाडौं, सिनामंगल बस्ने रामेछाप घर भएका २३ वर्षीय तेन्जिङ लामा गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित बाग्मती खोलामा सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । बोलबम गई नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा डुबेर मृत्यु भएको अबस्थामा श’व फेला परेको हो ।
चितवन, भरतपुर महानगरपालिका-१६ शिवघाटस्थित नारायणी नदीको किनारमा सोही ठाउँ बस्ने ३१ वर्षीया कृष्ण मांया तामाङ मृत अवस्थामा फेला परेकी छन् । बिहीबार माछा मार्न जान्छु भनी हिंडेकी उनी हराई बेपत्ता भएकीले खोजी गर्ने क्रममा मृत फेला परेकी हुन् । उदयपुर, बेलका नगरपालिका-१ स्थित काली खोलाको किनारामा सोही ठाउँ बस्ने ६६वर्षीय राज कुमार तामाङ आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । उक्त खोलाले बगाई बेपत्ता भएका उनको स्थानियवासीको सहयोगमा प्रहरीले खोजी गर्ने क्रममा मृत फेला परेका हुन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।