517 views 0 secs 0 comments

पोखरीमा डुबेर बेपत्ता भएकी बालिका मृतावस्थामा फेला…

In समाज
३ कार्तिक २०७६, आईतवार १३:५९

सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित रहेको शिव मन्दिर अगाडिको पोखरीमा डुबेर बेपत्ता भएकी बालिका शनिबार साँझ मृतावस्थामा फेला परेकी छिन ।
मृत्यु हुनेमा कञ्चनरुप–४ निवासी दिलीप परियारकी ११ वर्षीया छोरी डल्ली भनिने यासिका रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।पोखरीमा नुहाउन जाँदा पोखरीभित्रै ती बालिका बेपत्ता भएकी थिइन । प्रहरी र स्थानीयवासीको खोजी गर्ने क्रममा उनी मृत फेला परेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए ।