
सुर्खेतको बसपार्कको पश्चिमतर्फ सम्राट गेष्ट हाउस नजिकै रहेका पसलमा शुक्रबार आगलागी हुँदा ४ करोड ३३ लाख रुपैयाँबराबरको क्षति भएको छ । आगलागीबाट ६ वटा फेन्सी पसल र २ वटा सब्जी मन्डी ध्वस्त भएक छन् ।
बिद्युत्को तार शट भएर आगलागी भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
राति पौने १० बजेदेखि शुरु भएको आगो बिहान साढे सात बजेसम्म पनि पुर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Facebook Comments