
कालिकोट क्षेत्र यतिबेला तनाव ग्रस्त बनेको छ । निर्वाचन समय खटिएका म्यादी प्रहरी र प्रहरीबीचको झडपले उग्र रुप लिदा कालीकोट क्षे यतिबेला रणसंग्राम बन्न पुगेको हो । मयदी प्रहरीहरु आफ्नो तलव कटाइएको भन्दै आनदोलनमा उत्रिए पछि प्रहरीले गोली चलाएको छ । प्रहरीमाथी ढुंगामुढा प्रहार गरेपछिदा दोहोर झडपमा १९ वर्षका बिबेक ऐडीको मृत्यु भएको जिल्ला प्रशाशनले जानकारी दिएके छ ।
शान्नी त्रिवेणी गाउँपालिका ९५ तिकुवा निवासी ऐडीको टाउकोमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको गेट अगाडि नै गोली लागेर ढलेका बिबेकलाई आधा घण्टासम्म कसैले पनि उठाउने सहास गरेन ।
पछि अस्पताल लैजादै गर्दा ऐडीको बाटोमै मृत्यु भएको जिल्ला अस्पताल कालीकोटका डाक्टर सुभाष शर्माले जानकारी दिए । एक जनाको मृत्यु पछि आक्रोशित बनेका म्यादी र स्थानीयले कालीकोट सदरमुकामको प्रतिमाचोकमा रहेको प्रहरी बिट र जिरो प्वाइन्टमा रहेको प्रहरी बिटमा तोडफोड गरी आगजनी गरिदिएका छन् ।
दिउँसो १२ बजेदेखि नाराबाजीमा उत्रिएका म्यादी प्रहरीहरु जिल्ला प्रहरी कार्यालय कालीकोटले म्यादी प्रहरीलाई दिने भनिएको तलब भत्ता बापतको अन्तिम किस्तामा तीन हजार रुपैयाँ कटौती गरेको भन्दै म्यादी प्रहरी आन्दोलित उत्रिएका हुन् ।ओएस नेपालबाट