545 views 0 secs 0 comments

पहिरोले पुरिएर तीन जनाको मृत्यु: बागलुङ

In समाज
२० श्रावण २०७६, सोमबार १५:३८

बागलुङको तमानखोला गाउँपालिका – ४, सन्टारकामा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ ।आइतबार राति गएको पहिरोले सन्टारा गाउँका पाँच घर बगाउँदा ४५ वर्षीय पञ्चकुमारी श्रीपाली, ७९ वर्षीया अन्सारी श्रीपाली र उनका नाती १२ वर्षीय प्रविण श्रीपालीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।घटनास्थलबाट पाँच जना घाइतेको उद्धार गरिको बर्तिवाङ प्रहरी कार्यालयका हवल्दार शालिग्राम भुसालले जानकारी दिए । उनकाअनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।