639 views 0 secs 0 comments

अज्ञात समूहले आगो लागाउँदा तीन घर जलेर ध्वस्त…

In समाज
२० श्रावण २०७६, सोमबार १५:५७

खत्याड गाँउपालिका जाम गाँउको बजार क्षेत्रमा आइतबार राति अज्ञात समूहले आगो लागाउँदा तीन घर जलेर ध्वस्त भएका छन्।
राति १२ बजे खत्याड गाँउपालिका जाम गाँउको बजार क्षेत्रमा रहेका सोही वडाका वडाध्यक्ष लालबहादुर मल्लको घरमा अज्ञात समूहले आगो लागाउँदा मल्लको घरसँगै जोडिएका अन्य दुई घरसमेत गरी तीन वटा घर जलेर ध्वस्त भएका हुन्। अज्ञात समूहले लगाएको आगोबाट होटलको घरको गरी करोड ५० लाख बराबरको क्षति भएको वडा कार्यालयको ल्यापटप लगायत अन्य सामग्री गरी १० लाख बराबरको क्षति भएको वडाध्यक्ष मल्लले जनाए।