
दोरम्बा गाउँपालिका-२ दोरम्बा ढाक्रेबासमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।
दोरम्बा गाउँपालिका-२ दहपातालमा आफन्तकोमा छेवर खाएर फर्किएका यात्रीहरु लिएर दोलखाको सैलुङ गाउँपालिका-८ भैसे जाँदै गरेको बा १३ च ७०९५ नं को गाडी दुर्घटनमा परेको हो । दुर्घटनामा दोलखाको सैलुङ गाउँपालिका-८ की १० वषिर्या सुवानी श्रेष्ठ र १२ वषिर्या दिलकुमारी श्रेष्ठको मृत्यु भएको छ ।
प्रहरी नायव उपरिक्षक भट्टराईकाअनुसार गाडी सडकबाट करिव ३ सय मिटर तल जंगलमा झरेको छ ।
घाइतेहरुलाई उपचारका लागि दोरम्बास्थित स्वास्थ्य चौकीमा ल्याइएको छ । उनीहरु मध्ये ८ जनाको अवस्था गम्भीर छ ।