काठमाडौं, मंसिर १६ – मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्न अब ८ सय ९५ मिटर मात्र बाँकी रहेको छ । साढे २७ किलोमिटर सुरुङमध्ये २६ किलोमिटर ६ सय ८९ किलोमिटर सुरुङ खनिसकेको मेलम्ची खानेपानी आयोजनाका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले जानकारी दिनुभयो ।
सुन्दरीजलमा पानी प्रशोधनका लागि बनाएको साढे ८ करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्रको पनि सफल परीक्षण भइसकेको छ ।
बेला बेलामा मेलम्चीको पानी काठमाडौं ल्याउने मिति तोक्दै आएको सरकारले पछिल्लो समय नयाँ वर्ष २०७५ सँगै मेलम्चीको पानी काठमाडौं ल्याउने बताउँदै आएको छ ।