501 views 0 secs 0 comments

मनकामनास्थित केबलकार आगामी भदौ २२ देखि ५ दिन बन्द हुने..

In समाज
१९ भाद्र २०७६, बिहीबार ११:३७

मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको मनकामनास्थित केबलकार आगामी भदौ २२ देखि ५ दिन बन्द हुने भएको छ । केवलकारको मर्मत–सम्भारका लागि भन्दै प्रालिले ५ दिन सेवा बन्द गर्न लागेको हो ।
प्रालिले बिहीबार एक सूचना जारी गरी मुलह्विल लिनर चेन्जिङ, मेन मोटर सर्भिसिङ तथा रोप रिङस्प्लिसिङलगायतको मर्मतका लागि भदौ २२ देखि २७ गतेसम्म ५ दिनका लागि केवलकार बन्द रहने जनाएको छ ।