
कार्यालय सार्ने विवादलाई लिएर धनुषाको हंसपुर नगरपालिकामा भएको झडपको क्रममा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ।
झडपमा गम्भीर घाइते भएका बघचौडाका ५५ वर्षीय तपेश्वर मण्डलको उपचारका क्रममा मृत्यु भएको हो।
गत साउन २१ गते नगरपालिकाका मेयर रामज्ञान मण्डलले प्रहरीसहित साबिकको कार्यालय बघचौडामा रहेको सामाग्रीहरु जबरजस्ती लैजान खोजेपछि उपमेयर रेणु झासहित त्यहाँका स्थानीयले रोकेपछि प्रहरीले लाठीचार्ज गर्दा मण्डलसहित लगभग आधा दर्जन स्थानीय घाइते भएका थिए।