575 views 0 secs 0 comments

गुल्मीमा ११ वर्षीय बालकद्धारा आत्महत्या …

In समाज
१९ भाद्र २०७६, बिहीबार १०:४२

गुल्मी दिनभर बारीमा मकै भाँच्ने काम गरेका गुल्मीका ११ वर्षीय एक बालक बुधवार साँझ घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
जिल्लाको चन्द्रकोट गाउँपालिका– ८ तुराङ्ग पिपलपाटाका ११ वर्षीय विपिन रजाली घरकै तलामा झुण्डिएको र पछि सास छँदै परिवारजनले थाह पाई चुङ्गीको पासो फुकाई उपचारका लागि लैजान खोजको बेला उनको मृत्यु भएको वडाका वडाध्यक्ष नन्दराम आर्यालले जानकारी दिए ।
विहान वहिनीसँग छिमिकेको घरमा टेलिभिजन हेर्न गइ फर्केपछि बाबु र दाजुसँग बारीमा मकै भाँच्न गएको परिवारले बताए ।
‘साँझपख बारीबाट घर आइभित्र पसेको र ढोका लागाई झुण्डिएको उनकी ८ वर्षीया वहिनीले देखेर बाबुलाई खबर गरेपछि बाबु आइ ढोका फोडेर चुङ्गीको पासो फुकाई मलाई खबर गरेका थिए । त्यस बेला उनको सास थियो भन्ने सुनिन्छ , केहि वेरपछि मृत्यु भए छ ।’
उक्त खबर थाह पाउन साथ अहिले प्रहरीको टोली त्यस तर्फ पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेते बताए । उनकी आमा मिना रजाली दुई वर्षदेखि बैदेशिक रोजगारका लागि सउदी अरवमा रहेको छिन् ।