655 views 1 sec 0 comments

हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ…

In समाज
४ कार्तिक २०७६, सोमबार १६:४२

हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा विराटनगरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१५ बस्ने ४९ वर्षीय बिनोद प्रसाद साह रहेका छन् ।
विराटनगर महानगरपालिका-७ स्थितमा अबैध हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा आइतबार साँझ साहलाई नगद ७ लाख १८ हजार ८ सय ६० रुपैयाँसहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका साहमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ