678 views 0 secs 0 comments

शिष्यलाई ठगी गरेको आरोपमा शिवानन्द स्वामी प्रहरीले पक्राउ…

In समाज
२८ पुष २०७६, सोमबार १५:१५

शिष्यलाई ठगी गरेको आरोपमा शिवानन्द स्वामी भनिने दिपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले सोमबार भण्डारीलाई पक्राउ गरेको हो
महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनले शिष्यलाई विदेश पठाइदिन्छु भन्ने आश्वसन देखाएर रकम उठाएका थिए । तर, विदेश नपठाएको भन्दै महाशाखामा ४ जना शिष्यले उनीविरुद्ध उजुरी दिएका छन् । ‘अरु पनि पीडित हुन सक्छन् । हामी अनुसन्धान गरिरहेका छौं’, थापाले भने, ‘चेक रिपब्लिक पठाउने भनिए पनि भण्डारीको त्यस देशमा पठाउनलाई कुनै सम्बन्ध देखिँदैन ।’