519 views 0 secs 0 comments

थ्री नट थ्री राइफलसहित एक जना पक्राउ…

In समाज
२८ पुष २०७६, सोमबार १५:२४

म्याग्दीको भकुण्डेबाट थ्री नट थ्री राइफलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेनी नगरपालिका-२ भकुण्डेका ३० वर्षीय रेशम सापकोटा रहेका छन् ।
प्रहरीले सापकोटाको घरमा छापा मारेर थ्री नट थ्री भी ८९४० नम्बरको राइफल १ नाल, सोको म्याग्जिनमा लोड भएको गोली ७ राउण्ड, लोड गरी राखिएको भरुवा बन्दुक १ थान र उक्त बन्दुकमा प्रयोग हुने ३ डब्बा बारुद छर्रा बरामद गरेको हो ।