
जग्गा नापजाँच गर्दा घुस नापी कार्यालय बेलबारीका अमिन (सर्वेक्षक) दिनेशकुमार शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ७ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
मोरङको बेलबारी नगरपालिका १० भाउन्नेका स्थानीयको जग्गा नापी गरी सीमाङ्कन गर्न साहले सात हजार रुपैयाँ घुस मागेका थिए । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयको टोलीले पक्राउ गरेको हो ।