1559 views 1 sec 0 comments

प्रहरी भन्दै रकम असुली गरेको अभियोगमा २ जना पक्राउ…

In समाज
२८ पुष २०७६, सोमबार १७:२८

बाह्रदर्शी गाउँपालिका-३ राजगढ बजारमा स्थानीय व्यापारीसँग प्रहरी भएकाे भन्दै नगद असुली गरिरहेको अवस्थामा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरुमा गौरीगंञ्ज गाउँपालिका-१ बस्ने २८ वर्षीय पर्शुराम महतो र सोही गाउँपालिका-३ बस्ने २० वर्षीय जिवन दास रहेका छन् । उनीहरुले प्रदेश प्रहरी कार्यलय बिराटनगरको सिआइबी प्रहरी हौं भन्दै ७ हजार रुपैयाँ हजार नगद असुली गरिरहेको अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।