654 views 0 secs 0 comments

पर्खालमा ठोक्किएर एक युवकको मृत्यु: कञ्चनपुर

In Uncategorized, समाज
१४ कार्तिक २०७६, बिहीबार १३:४८

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा छिमेकीको पर्खालमा ठोक्किएर एक युवकको मृत्यु भएको छ । मदिरा सेवन गरी घर जाने क्रममा छिमेकीको पर्खालमा ठोक्किएर शुक्लाफाँटा नगरपालिका–६ वनसमितिका ३९ वर्षीय तोरण भण्डारीको गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।