663 views 0 secs 0 comments

रसुवामा मिनीट्रक दुर्घटना हुँदा चार जना घाइते…

In Uncategorized
६ फाल्गुन २०७६, मंगलवार १४:१७

रसुवामा मिनीट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन्। घाइते हुनेमा नुवाकोट किस्पाङ गाउँपालिका–५ का सवारी चालक ४५ वर्षीय खिलप्रसाद भट्टराई, ४२ वर्षीय हेमप्रसाद भट्टराई, रसुवाको कालिका गाउँपालिका–१ राम्चे घर भई किस्पाङ बस्ने ३४ वर्षीय आइतमान तामाङ र ३२ वर्षीय बुटीमायाँ तामाङ रहेका छन्।
शान्ती बजारबाट मैलुङतर्फ जाँदै गरेको बा ३ ख ५२२७ नम्बरको खाली मिनिट्रक मंगलबार बिहान सिम्लेमा दुर्घटना भएको हो। मैलुङमा रहेको अस्थायी प्रहरी चौकीबाट गएको प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल नुवाकोटमा पठाएको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए।