ओलीको जन्मघरमा एमाले टोलीको बास

In Uncategorized, देश, समाज
२९ मंसिर २०८०, शुक्रबार २०:३८

२९ मंसिर, तेह्रथुम ।

पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित नेकपा एमालेको संकल्प यात्रा तेह्रथुम पुगेको छ ।

गएको १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु भएको संकल्प यात्रका सहभागीहरु आज अध्यक्ष केपी शर्मा ओलीको जन्मघर इवा पुगेको हो ।

आठराई गाउँपालिका–४, इवास्थित अध्यक्ष ओलीकै जन्मघरमा टोली आज बास बसेको छ । यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकिदैछ ।