731 views 0 secs 0 comments

बोलेरो जीप पल्टिँदा १९ जना घाइते: धादिङ

In Uncategorized, समाज
१४ कार्तिक २०७६, बिहीबार १४:३८

गजुरी गाउँपालिका २ को मलेखु भण्डारा सडक खण्डको तुनि खोलामा बोलेरो जीप पल्टिँदा १९ जना घाइते भएका छन् । 
बिहीबार ताल्तिबाट मलेखुतर्फ आउँदै गरेको ग १ ज ३०११ नम्बरको बोलेरो जीप कच्ची सडकबाट झण्डै २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 
घाइतेहरुलाई उद्धारपछि उपचारका लागि राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरी अस्पताल लगिएको छ ।