
नेपाली समाज ओस नर्वेले दियो चितवनका चेपाङ विद्यार्थीहरु लाई किताब बोक्ने झोला …
एक समय चितवनको भरतपुर मा लाखौं एमाले कार्यकर्ता र लाखौं सर्वसाधारण हरुको जमघट चलिरहेको थियो । एमाले पाटीको अधिवेशन चली रहेको बेला झण्डै ५० लाख काे मञ्च बनेको भरतपुर र त्यसको एक घण्टाको बाटोमा गास बास र कपासको पीरले छटपटिएका केही मलिन मुहार हरु सन्देश नेपालको क्यामेराले केहीदिन पहिलेनै कैद गरेको थियो …
अधिवेशनको समाचार बनाउन भरतपुर झरेकाे कमल भुसाल त्यहाँको अवस्था देखेर छक्क पर्छु ! सबै लाई देख्छु तर धेरै ठाउँ खोज्दापनि त्यो चेपाङ गाउँको मान्छे त्यहाँ नदेखे पछि त्यही मलिन मुहार हरु हेर्न एउटा चेपाङ दाईको शाहरा लिएर कालिका नगरपालिका काे बाङसुरंग भन्ने ठाउँ मा उकाली लागें । भ्यू टावर जस्तो अग्लो डाँडामा बेलुकी झुमुक्क साँझ पर्दा पुगेकाले अधिवेशनको चहल पहल र झिलिमिली भरतपुर हेर्दै , थकाइ मार्दै एक छिन डाँडा मा टुसुक्क बसेर मनभरी राजनीतिक कुरा खेलाउदै चेपाङ गाउँको बारेमा केहीसोँच्दै थिएँ…
केही बेर डाँडाबाट नारायणगढको पुलमा टल्किने बत्ती हेरी मनलाई रमाइलो तर्फ मोड्दै मानबहादुर चेपाङको घर तिर जाने बाटो तर्फफेरि उकाली लागें ।
हावाले घरको छानो उडाएर खुल्ला आकाश मुनि सुतेका मानबहादुर चेपाङका भाई का छोरा छोरी देखेर आँखा रसायो , साथमा केही फलफूल र मिठाई थिए दिएर गह भरी आँशु लिँदै फेरि डाँडामा आएर त्यै ५० लाखको मञ्चको झलक हरु हेर्दै बस्न बाध्य भएँ ।
खाना बनाउँदै थिए मेरो लागि तर खाने मन थिएन ,७० वर्षीय बूढी आमाले बाबु “मट टपाई नखाई ट खान्न” भनेको सुनेर मेरो आमाको याद आयो केही नभनी हात धोएर खाना खाएँ ।
गाउँले हरु कलाकार आएको छ रे भन्ने हल्ला सुनेर धेरै नै जम्मा भएका रहेछन्, केही समय मेरा गीतहरुका भिडियो हेरेर रमाउँदै गाउँलेहरु बसे र ट्याब मा चार्ज सकिएसपछी सुत्ने कुरा भयो ।
सुत्नको लागि मैले मेरो सिलिपिङ ब्याग लिएर गएको थिएँ किन कि त्यहाँ म पहिला पनि पुगेको र नर्मल्ली हामी सुत्न लाई सकिनेविस्ताराको अलि अपुग भएको ले म मेरै सीलिपिङ ब्याग भित्र पसेँ ।
उता ७० वर्षकी बूढी आमा बाख्रा सँगै सुत्न खोर तिर जानु भयो । चेपाङ दाईका छोरी नातिनी हरु बाहिर पिडिमा पल्टिएका थिए ।
निद्रा लागोस् या नलागोस् सुत्नै पर्ने वाध्यता थियो : कारण त्यहाँ नत बिजुली छ नत नेट / डाटा चलाउन टावर दिन्छ नत मैले कुरा गर्दातिनले बुझ्छन् …
मन मा कुरा खेल्दै २ बज्यो निद्रा लागेको थिएन …
त्यो ठाउँमा झण्डै १सय भन्दा बढी घर छन् तर अहिले सम्म १/२ घर बाहेक कुनै घर मा टोइलेट देखेको छैन ।
राती २ बजे तिर ST गर्न बाहिर निस्केको बाटो मा बाख्रो र सुँगुर हिँडेको देखेर मेरो झण्डै होस् गुम्यो!!! मुटु ढुक ढुक भयो तर साथ माठूलै टर्च लाइट थियो र ढुक्क सँग बाख्रो र घरमै पालेको भन्ने सँगुर हो भन्ने चिनेपछि मन अलि दहरो भयो ।
एक छिन एता उति हेरर फेरि गएर सिलीपिङ ब्यागमा पसेँ सुत्न पटक्कै मन लागेको थिएन , झण्डै साढे ३ बजे पछि निदाएछु ।
बिहान उठेर स्कूले हरु आउने माथिल्लो बाटो हेर्न गएको मेरो मुटु ढुक ढुक भयो ! जबकि त्यो बाटो बाट म सरासर हिँड्न सकिन, तिनीसाना बच्चाहरु खाली खुट्टा हातमा किताब समाएर महेल परेको आकासे रंगको सर्ट र नीलो पाइन्ट/ मेड्डि लगाएर फटाफट हिन्दै थिए ।
झण्डै ५०/६० जना विद्यार्थीहरु मैले बाटोमा प्रतक्ष्य भेटेर सोधें , तिमी हरुको झोला छैन किताब बोक्ने ?
कसैले पनि छैन भने ।
फेरि सोधें, खाना खाएर आयौ ?
५/७ जना मात्र खाना खाएर आएको भन्ने भेटिए अरु सबैले खाना त स्कूल मा गएर खाने हो भन्दा मलाई अचम्म लाग्यो।
त्यस पछि म स्कुलमा गएर केही कुरा बुझ्ने प्लान बनाएं र
म बसेको घरमा पुगेर कपडा फेरेर मेरो समान लिएर स्कूल तिर झरें ।
स्कूलमा पढाउने मेडम हरु को आफ्नै पीडा छ त्यो देखेर सुनेर फेरि मन कुँडियो… महिला काे पीडा तपाईंलाई के भनौ सर दैनिक डेड घण्टाको बाटो पैदल हिनेर घर र स्कूल गर्नु पर्छ । कुनै दिन बिरामी हुँदा पनि बिदा लिन अप्ठ्यारो लाग्छ यस्तै वाध्यता छ भन्नु भयो , कारण : जम्मा ३
जना शिक्षक भएकोले स्कूल चलाउन गाह्रो भएको रहेछ ।
कक्षा ४/५ काे व्हाइट बोर्ड मा पुरानो भएर प्वाल परेको थियो ।
अझ रोचक त के छ भनी यो स्कूलमा सबै चेपाङ जातिको मात्र विद्यार्थी छन् ।
पीडा हरु हरेक पाटोमा थिए ! मैले विद्यार्थीको किताब बोक्ने ब्यागको बारेमा सोचेकाे थिएँ। किनकि त्यो अप्ठारो बाटो मा हातमा किताब समाएर हिन्दा कतै लडे भनी उस्तै समस्या र पानी पर्दा पनि सब किताब कापी भिज्ने भएकोलो मन भरी त्यै कुरा खेल्यो ।
एउटा सानो भिडियो बनाएर सन्देश नेपाल काे फेसबुक पेज बाट पोस्ट गरें ।
यो भिडियोको टाइटल थियो ” ५० लाखको मञ्च बन्ने चितवनमा चेपाङका बच्चाहरु भोकै स्कूल आउँछन् किताब बोक्ने झोला छैन” परिस्थिति अनुसार काे टाइटल ले हो वा भिडियोले मन छोयो सामाजिक सञ्जालमा भिडियो भाइरल बन्यो ।
नेपाली समाज ओस नर्वेकी सञ्चालक समाजसेवी दिदी यशोदा श्रेष्ठ,राजन ढकाल ,सचिन ढकाल लगायतको टिमले यो भिडियो हेर्नुभएछ ।
मलाई यशोदा श्रेष्ठले भाई त्यो स्कूलको लागि ब्याग हामीले हाम्रो संस्था र व्यक्ति मिलेर हेल्प गर्ने छौं भन्नु भयो । मलाई धेरै खुशीलाग्यो ।
खातानंबर, नाम नम्बर मागेर संपर्क गरी
खाता मा नेपाली ४६ हजार ५०० रूपयाँ पठाइदिनु भयो ।
जसबाट ३ हजार सन्देश नेपाल काे टिमले लिनु भन्नु भएको थियो हामी विशेष आभारी छौं ।
सिवाकोटी ब्याग मैतीदेवी काठमाडौँ बाट सामान्य पानी भित्र नछिर्ने खालको ब्याग किनेर लाने निर्नाए गरियो।
शिशु एक र २ कक्षा लाई सानो तीन चार र पाँच कक्षा लाई अलि ठूलो गरी २ साइजको ब्याग किन्दा टोटल ४१५०० मा त्यहाँ काे टोटल विद्यार्थी लाई पुग्ने र केही सानो कालो ब्याग टेकु काे होलसेल बाट स्कूल आउन नपाएका साना बालबालिका लाई पनि दिने गरी झन्डै१४२ पिस ब्याग लिएर सुपर आधारभूत स्कूलकाे प्रङ्गगर्ड मा सम्पूर्ण स्कूल का भाई बहिनी लाई बाँडेर आउँदा मलाई गौरव लाग्यो ।
अधिवेशन हेर्न र समाचार बनाउन चितवन झरेको म आज यो गरीप बस्तीमा पुगेर एउटा भिडियो बनाएर पोस्ट गर्दा झण्डै डेढ सयबालबालिका ले किताब बोक्ने ब्याग र एक एक पिस जाडो मा लगाउने ज्याकेट (हुट) पाएकोमा म धेरै खुशी भएँ । मलाई अब पनि यस्तैकाम गर्न लाई हौशला बढेर आएको छ । पछिल्लो केही समय म आफै बिरामी भएको र झन्डै ३ महिना पूर्वमा भोजपुर उदयेपुर र खोटाङका केही विकट ठाउँ हरु मा पुगी विभिन्न रिपोर्टिङ गरेकाे हुनाले मन लाग्दा लाग्दै पनि धेरै भिडियो /समाचार हरु पोस्ट गर्न पाएको छैनतर अब निरन्तरता दिने छु ।
चितवन काे खर्च विवरण:
ब्याग किनेर घरमा लिएको
मैतीदेवी र टेकुको 🚖 भाडा ५५०
काठमाडौँ बाट नारायणगढ सम्म मान्छे र समान गरेर हाईस मा १५००
हाइस बाट झरेर शक्तिखोर सम्म १०० समान काे फ्री
शक्तिखोर बाट जीपमा समान र मान्छे रिजर्भ गरी २ हजार
तर पूरा बाटो जाँदैन !
त्यसपछि गाउँले हरु लाई बोलाएर नास्ता र केही क्यास गरी अर्को दिन बिहान स्कूल म समान पुर्याउँदा १०००
फर्किदा अटो मा भरतपुर सम्म ४०० र काठमाडौं सम्म ५०० गरी जम्मा : 41500+ 550+ 1500+100 +2000 + 1000 +400 +500 = 47550
जम्मा खर्च भएको छ यो खर्च र साथ सहयोग काे लागि नेपाली समाज ओस नर्वेकी सञ्चालक समाजसेवी दिदी यशोदा श्रेष्ठ,राजन ढकाल ,सचिन ढकाल लगायतको टिमलाई हार्दिक आभारप्रकट गर्दै फेरि पनि समाज सेवामा तपाईहरुको साथ रहने आशा र भरोसाका साथ उच्च मूल्यांकन गर्दैछौं ।
सन्देश नेपाल डिल्लीबजार काठमाडौँ नेपाल ।