642 views 0 secs 0 comments

वीरगञ्जमा आमाबुवाले गाली गरेको भन्दै आत्महत्या …

In Uncategorized
१७ भाद्र २०७६, मंगलवार १२:४४

पर्सामा एक किशोरले झुण्डिएर आत्महत्या गरेका छन् ।
वीरगञ्ज महानगरपालिका-२० अपौनीका १४ गोविन्दप्रसाद चौरसि सोमबार आफ्नै घरको बाँसको बलोमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
गोविन्द झुण्डिरहेको देखेपछि उनका बुवा नविलाल प्रसादले पासो फुस्काइ उपचारका लागि नारायणी अस्पताल पुर्याए पनि अस्पतालले गोविन्दलाई मृत घोषणा गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गोविन्दले बुवाआमाले गाली गरेको भन्दै झुण्डिएर आत्महत्या गरेका हुन् ।
उनको शव पोष्टमार्टमपछि सोमबार साँझ नै प्रहरीले बुवा नविलाललाई बुझाएको छ ।