
काठमाडौं- १४ वर्षीया बालिकालाई ललाइफकाई आफ्नै कोठामा लगी जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका–३२ जडीबुटी बस्ने १४ वर्षीया बालिकालाई ललाइफकाई जबरजस्ती करणी गरेको अभियोगमा जडीबुटी नरेफाँट बस्ने १८ वर्षीय दीपराज बुढाला पक्राउ परेका हुन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।