629 views 0 secs 0 comments

गोरखामा पक्राउ परेका नयाँ शक्तिका कार्यकर्तामाथि छानविन हुने

In Uncategorized
१० मंसिर २०७४, आईतवार ११:४१

 

मंसिर १० – गोरखामा नयाँ शक्ति पार्टीका पाँच जना कार्यकर्ता पक्राउ परेका छन् ।

दिपेन्द्र सुनार, डिलमान गुरुङ, अम्बरबहादुर गुरुङ, भरतकुमार श्रेष्ठ र खुशबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । चुनावी प्रचारमा प्रयोग गरिएको ग २ च १७२५ नम्बरको जीप सहित उनीहरुलाई जौबारी इलाका प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरु शंकास्पद अवस्थामा भेटिएकाले अनुसन्धान गरिने प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताउनुभयो ।