1657 views 0 secs 0 comments

अचानक प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य गम्भीर बन्दै …

In Uncategorized
३१ श्रावण २०७६, शुक्रबार १५:३१

हिजो अचानक प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य गम्भीर बन्दै गएको चर्चा सुरु भएको थियो । यो बीचमा प्रधानमन्त्री ओली आफैंले आफू अहिले स्वस्थ्य रहेको उल्लेख गर्नुभएको छ । आज झापाका जनप्रतिनिधिहरुसँगको भेटमा ओलीले आफ्नो स्वास्थ्य अवस्था चिन्ता लिनुपर्ने खालको नभएको स्पष्ट पार्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘म सिकिस्तै भएको खबर सुनेर आउनुभएको होला । म १५ वर्ष अघि बिरामी थिए, अहिले होइन् । हिजो ९९ डिग्री ज्वरो आएर एकछिन आराम गरेको थिएँ, बाहिर त हाँगा हालेर खबर आए ।’ प्रधानमन्त्री ओलीलाई भेट्न आएका झापाका जनप्रतिनिधिले उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।
प्रधानमन्त्री ओलीले आफू अहिले स्वस्थ्य रहेको भन्दै आफ्नो स्वास्थ्यप्रति धेरै चिन्ता नलिन अनुरोध गर्नुभयो । स्वास्थ्य उपचारका लागि १८ गते सिंगापुर जानु भएका ओली १० दिनपछि सोमबार स्वदेश आउँनु भएको थियो ।