
कर्णाली प्रदेशमा नेत्र विक्रम चन्द ‘विप्लव’ समुहको प्रभाव निक्कै कडा भएको अनुमान गर्न थालिएको छ । यस प्रदेशका जिल्लाका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विप्लव समुहले जता गयो उतै बम विस्फोट गराउँदै आइरहेको छ ।
आफ्नो आधार क्षेत्रमा अनुमती विना विभिन्न कार्यक्रमलाई उद्घाटन र सम्बोधन गरेको भन्दै दिन दिनै बम विस्फोट गराउँदै उनीहरुले आफ्नो प्रमुख निशानामा राखेको बताइएको छ ।
बुधबार शाहीले गृहजिल्ला कालिकोटको पचालझरना गाउँपालिकाको विषेश गाउँसभालाई सम्बोधन गदै गर्दा विप्लव समुहले दुई वटा बम विस्फोट गरायो । कार्यक्रम स्थल भन्दा दुई सय मिटर नजिकै विप्लव समुहले बम विस्फोट गराएको प्रहरीले जानकारी दिएको छ ।
गाउँसभा सम्पन्न गरी आफनो गृहगाउँमा बसेर रास्कोटको एउटा कार्यक्रमलाई सम्बोधन गर्न हिँडेका मुख्यमन्त्री शाहीसँगै कर्णाली प्रदेश सदस्य कुर्मराज शाहीलाई लक्षित गरी विप्लव समुहले रास्कोटको कृर्षि जेटिए कलेज नजिकै फेरि दुई वटा वम विस्फोट गरायो ।