
चर्चित पत्रकार शाकिराम पुडासैनीको आ’त्मह’त्या प्रकरणलाई लिएर अहिले नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताकाले फरकफरक धारणा व्यक्त गर्न थालेका छन् ।
यस घटनामा संलग्न भएको भन्दै पक्राउ परेका न्यूज २४ कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेललाई म्याद थप गर्न चितवन जिल्ला अदालत लगिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लामिछाने र कँडेललाई अदालतबाट आजै थुनछेक बहस गरेर पत्रकार पुडासैनीको आ’त्मह’त्या प्रकरणबारे थप अनुसन्धान हुने बताइएको छ ।
थुनछेक बहसमा आजै साधारण तारेखमा छोडेर अनुशन्धान अघि बढाउने की थुनामा नै राख्ने भन्ने आदेश अदालतले लिनेछ । लामिछाने र कँडेल हिजो साँझ सिधा कुरा जनतासाग कार्यक्रमको प्रशारण तयारी गर्दै गर्दा न्यूज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरिएको थियो ।
यस्तै, पुडासैनीको आ’त्मह’त्या प्रकरणमा मुछिएकी ओखलढुङ्गाकी अस्मिता कार्कीमाथि पनि म्याथ थप गरेर अनुसन्धान हुने प्रहरीले जनाएको छ । तीनै जनालाई बिहीबार काठमाडौंबाट पक्राउ गरेर चितवन लगिएको थियो ।
लामिछाने लगायतका व्यक्तिहरु पक्राउ परेपछि अहिले जिल्ला प्रहरी कार्यालय देखि जिल्ला अदालत चितवनसम्म नै रवि लामिछानेका समर्थकले प्रदर्शन गरेका छन् । अहिले एकथरीले घटनाको अनुसन्धान गर्न प्रहरीलाई स्वतन्त्र रुपमा छोड्नुपर्ने बताउँदै आइरहेका छन् । अर्का थरीले लामिछानेलाई फसाउन खोजेको भन्दै अवरोध गर्न खोजिरहेका छन् ।