583 views 0 secs 0 comments

प्रमुख सचेतक ढकालको घरमा बम प्रहार…

In देश, समाज
३१ श्रावण २०७६, शुक्रबार १४:२६

नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बम प्रहार भएको छ। रुपन्देही सैनामैना ७ रामापुरमा रहेको ढकालको घरमा शुक्रबार विहान २ बजेर ४० मिनेटमा ५ वटा पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ। पाँच बम मध्ये २ वटा बम नपड्किएको प्रहरीले जनाएको छ।
सचेतक ढकाल बिरामी भएर काठमाडौंको अस्पतालमा उपचार गराइरहेका छन्। उनले प्रयोग गर्ने लु १ ज ४५६ नम्बरको गाडीमा लक्षित गरी बम प्रहार भएको प्रहरीले जनाएको छ।
बम प्रहार हुँदा घरमा ढकालका आमा बाबु मात्रै घरमा रहेको प्रहरीले जनाएको छ। प्रहरी घटनास्थलमा पुगेर छानबीन थालेको छ। सरकारद्वारा प्रतिबन्धित विप्लव माओवादीले बम हानेको हुन सक्ने प्रहरीको अनुमान छ।