508 views 0 secs 0 comments

कुकुर मारेको अभियोगमा उपाध्यक्षविरुद्ध उजुरी…

In देश
१ पुष २०७६, मंगलवार १६:२९

हालै रौतहटको गढीमाई मेला सकिएको छ । जुन मेलामा हजारौं पशु पक्षीको बली दिइन्छ । वरपरको वातावरण प्रदूषित गरी अनेक रोग फैलिन सक्छ । कतिपयले यो प्रचलनलाई परम्पराको विकृत रूप भएको मान्छन् ।
यसको पशुअधिकारकर्मीले चर्को विरोध गरेपनि बलि नियन्त्रण हुृन सकेन । मेला सकिएनि गढीमाइमा दिइने पशुबलिको चर्चा पनि सेलाइसकेको छैन । 
पशु अधिकारकर्मीले पशुहत्याको विरोधमा निरन्तर दबाबमुलक कार्यक्रम गर्दै आएका छन् । यही क्रममा राजधानीमा एक कुकरको हत्या भएको भन्दै बिबाद प्रहरीसम्म पुगेको छ । 
मुलुकी अपराध संहिता अनुसार पशुहत्यामा दोषी प्रमाणित भएमा एक महिना जेल र ५ हजारसम्म जरिवाना हुनसक्छ ।