काठमाडौं । उपत्यकामा फोहोरमैलाको उचित व्यवस्थापन नगर्दा समस्या भएको छ । फोहोर व्यवस्थापनका लागि लगानी बोर्डले निजी कम्पनी नेपवेस्टसँग परियोजना विकास सम्झौता (पीडीए)को तयारी गरिरहेका छन्।
उक्त कम्पनी नेपालको अर्गानिक भिलेज र फिनल्यान्डको कम्युनिकेसन प्रालिको ‘जोइन्ट भेन्चर’ हो । बोर्डले वार्ता सकेर पीडीएको अन्तिम मस्यौदा नेपवेस्टलाई पठाएको छ ।
आगामी जनवरीभित्रै सम्झौताको तयारी भइरहेको लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए । त्यसको तीन महिनापछि नेपवेस्टले काठमाडौंको फोहोर उठाउन थाल्नेछ ।
पहिलो चरणमा काठमाडौं महानगरपालिकासहितका १० नगरपालिकालाई समेट्ने गरी फोहोर व्यवस्थापन गर्न लागिएको हो । काठमाडौं, भक्तपुर, ललितपुर, दक्षिणकाली, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, टोखा, बुढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी र शंकारापुरमा पहिलो चरणमा परियोजना लागू हुनेछ ।
कम्पनीले उपत्यकाको फोहोरबाट बिजुली, ग्यास, कोइला र कम्पोस्ट मललगायत उत्पादन गर्नेछ ।