24 views 0 secs 0 comments

भुक्तानी नहुँदा तेमाल बृहत् खानेपानी आयोजनाको समयावधि लम्ब्याइयो

In देश, समाज
१० मंसिर २०८०, आईतवार ०८:२२

गत चैत महिनाभित्र काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई स्वच्छ खानेपानी घर–घरमा पुर्‍याउन आयोजनाको काम तीव्रगतिमा भइरहेको थियो। विसं २०७८ मंसिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोभिड र प्राकृतिक प्रकोपका कारण उपभोक्ताको घर–घरमा खानेपानी उपलब्ध गराउन नसकिएको अवस्थामा ठेकेदार कम्पनीले भुक्तानी नपाएको जनाउँदै यस वर्ष आयोजनाको समयाबधि लम्ब्याइएको छ।

तेमाल बृहत् खानेपानी आयोजना आठ वर्षअघि कालिका–सिएबी जेभीले ठेक्का लिएको थियो। खानेपानी मन्त्रालयबाट करिब पाँच करोड रुपैयाँ भुक्तानी नपाएको जनाउँदै कम्पनीले महिनौँदेखि निर्माणको काममा आलटाल गरेको उपभोक्ता समितिले जनाएको छ। भुक्तानी नपाएपछि आयोजनाका जिम्मेवार व्यक्तिहरूले सम्पन्न गर्नेतर्फ आलटाल गर्दा समय लम्बिएको समितिका अध्यक्ष सङ्ग्रामजित लामाले बताए। उनका अनुसार तेमाल गाउँपालिकाको वडा नं २ र ३ मा धारा जडान तथा करिब ५० स्थानमा पानी ‘कन्ट्रोल’का सामग्री जडान बाँकी छ।