489 views 0 secs 0 comments

देशका मध्य र पश्चिमका धेरै स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित वर्षा…

In देश
१ आश्विन २०७६, बुधबार १०:२६

बुधबार पनि दिनभर पानी पर्ने मौसमविदले बताएका छन् । काठमाडौं उपत्यकामा बुधबार पनि दिनभर बादल लाग्ने र पानी पर्ने पूर्वानुमान छ ।
मौसमविद मञ्जु बासीले भनिन्, ‘काठमाडौं उपत्मायकामा आज पनि घाम लाग्ने सम्भावना छैन । दिनभरि नै पानी पर्छ । कुनै ठाउँमा केही क्षण रोकिए पनि एकछिनपछि फेरि पानी पर्ने छ ।’
बुधबार देशका मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पूर्वका केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने छ । कतैकतै भारी वर्षाको पनि सम्भावना रहेकाले पहिरो जान सक्ने, नदीहरुमा पानीको वहाब बढ्न सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।