506 views 0 secs 0 comments

कांग्रेस नेता सिटौलाको घरमा बम विस्फोट

In देश, राजनीति, समाज
१२ मंसिर २०७४, मंगलवार ११:१५

 

झापा: नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको घरमा अज्ञात समूहले बम विस्फोट गराएको छ। झापाको भद्रपुर नगरपालिका वडा नं १० चन्द्रगढीमा रहेको सिटौलाको घरमा आज राति करिव १ बजेतिर विस्फोट गराइएको प्रहरीले जनाएको छ।

घरको पछाडि भागबाट बम फ्याकेको बताइएको छ। घरमा सामान्य क्षति भएको छ। झापा क्षेत्र नं ३ बाट प्रतिनिधि सभाका उम्मेदवार रहेका सिटौला घरमै थिए। ठूलो क्षति पुर्‍याउन नभर्इ तर्साउन मात्र बम विस्फोट गराइएको हुन सक्ने प्रहरीको भनार्इ छ। प्रहरीका अनुसार घरमा सुलती बम प्रहार गरिएको थियो।