पर्वत । निर्वाचनको पूर्वसन्ध्यामा पर्वतको कुष्मा नगरपालिकामा पैसा बाँड्दै गरेका नेपाली काँग्रेसका कार्यकर्ता रंगेहात पक्राउ परेका छन् । मतदातालाई प्रभावित गर्ने गरी रकम बाँड्दै गरेका काँग्रेस कार्यकर्ता अर्जुन खनाल बाम गठबनधनका कार्यकर्ताहरुको कब्जामा परेका हुन् । रातारात पैसा बाँड्दै हिँडेको आरोपमा बामगठबन्धनका कार्यकर्ताले मंगलबार साँझ कुष्मा नगरपालिका वडा नम्बर १२ ठूलीपोखरी, पौडेल चोकमा ४८ हजार रुपैँयासहित उनलाई कब्जामा लिएका हुन । बा ८१ प ५८८५ नम्बरको मोटरसाइकलमा पैसा बितरण गर्दै हिँडेको देखेपछि उनलाई कब्जामा लिएको स्थानीय मिलन सुबेदीले जानकारी गराए ।