752 views 0 secs 0 comments

अधिकृत बनाइदिने भन्दै ११ महिनासम्म यौनशोषण, यसरी खुल्यो रहस्य

In विश्व, समाज
२० मंसिर २०७४, बुधबार १२:४७

एक युवतीलाई अधिकृत बनाइदिने आश्वासन दिएर एक सरकारी अधिकारीले ११ महिनासम्म ती युवतीको यौनशोषण गरेको घटना बाहिरिएपछि विगत २ वर्षदेखि फरार रहेका अधिकारीले अहिले आत्मसमर्थण गरेका छन् । ती अधिकारीमाथि २ वर्षअघि मुद्दा दायर गरिएकोमा उनले अहिले आत्मसमर्पण गरेका हुन् । उनी फरार भएपछि २ वर्षदेखि उनको सम्पत्ति सिल गरिएको थियो । पीडित युवतीले उनीमाथि आफूलाई अधिकृत बनाइदिने र बिहे गर्ने आश्वासन दिँदै यौनशोषण गरेको आरोप लगाएकी छिन् सन् २०१४ मा भारतका बरिष्ठ आइएएस अफिसर बीबी मोहन्तीविरुद्ध एमबिए पढ्दै गरेकी छात्राले यौनशोषणको आरोप लगाएकी थिइन् । छात्राले मोहन्तीमाथि बिहे गर्ने र सरकारी अधिकृत बनाइदिने भन्दै ११ महिनासम्म यौनशोषण गरेको आरोप लगाएकी थिइन् । २३ वर्षीया पीडित छात्रा भारतको जयपुर वैशालीनगर आम्रपालीकी भएको बताइएको छ । पहिले बिहे गर्ने आश्वासन दिँदै यौनशोषण गरेका मोहन्तीले २०१३ को डिसेम्बरमा ती युवतीलाई बोलाएर आफूले उनीसँग बिहे गर्न नसक्ने बताएका थिए । मोहन्तीले आफ्ना कान्छा छोराकी पत्नी उनलाई छोडेर अर्कैसँग बिहे गरेर गएको हुँदा आफ्ना छोरासँग बिहे गर्न भनेका थिए । मोहन्तीले छोरासँग बिहे गर्ने र दुवै जनासँग बस्न भनेको पीडित युवतीले आरोप लगाएकी छिन् । मोहन्ती त्यसपछि दिनहुँजसो आफ्नो घरको आसपास आएर आफूलाई जबरजस्ती लैजाने प्रयास गरेका ती युवतीले आरोप लगाएकी छिन् । सुरुमा बिहे गर्ने आश्वासन दिएर यौनशोषण गरेका उनले युवतीले बिहेको लागि दबाब दिएपछि कुरा गर्न पनि बन्द गरेको युवतीले बताएकी छिन् ।