761 views 0 secs 0 comments

अवैध रुपमा खाडी मुलुक पठाउन खोज्ने एक महिलालाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा…

In विश्व, समाज
४ मंसिर २०७६, बुधबार १२:०४

बढ्दो गरिबी र बेरोजगारीले हरेक दिन नेपालीहरु बेचिन बाध्य छन् । आज पनि नेपालीहरुले विदेशमा रगत, पसिना बेच्दै आइरहेका छन् । विदेशमा एउटा काम भनेर लिएर अर्कै काममा लगाउने कार्यहरु पनि भइरहेका छन् । बेला बेलामा नेपाली युवतीहरुलाई शरिर बेच्न बाध्य बनाएका घटनाहरु आइरहेका हुन्छन् ।

यो बीचमा नेपाली महिलालाई अवैध रुपमा खाडी मुलुक पठाउन खोज्ने एक महिलालाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । भारतीय सुरक्षाकर्मीले भोजपुर जिल्ला निवासी कल्पना राईलाई पश्चिम नाका रुपैडियाबाट पक्राउ गरेका हुन् । रोजगारीको लोभ देखाएर कल्पनाले दुई महिलालाई नेपालगञ्ज हुँदै भारतको रुपैडिया लगेकी थिइन् l खाडी जान लागेका दुई महिलाको परिचय खुलाइएको छैन । हाल उनीहरु रुपैडियामा सुरक्षाकर्मीको साथमा रहेका छन् । बिहीबार सीमा नाकामा रुपैडिया प्रहरी र एसएसबीले संयुक्त सुरक्षा जाँच गर्दा महिलामाथि शंका लागेर सोधपुछ गर्दा यस्तो खुलासा भएको हो ।