779 views 0 secs 0 comments

किम जोङ उन तीन दिने चीन भ्रमणमा…

In विश्व
२४ पुष २०७५, मंगलवार १३:१९

उत्तर कोरियाका नेता किम जोङ उन चिनियाँ राष्ट्रपति सि जिन पिङको निमन्त्रणामा ३ दिने चीन भ्रमणका लागि रेल चढेर बेइजिङ पुगेका छन् । चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार किम आफ्नो श्रीमती री सोल जुका साथमा बेइजिङ पुगेका हुन् ।

किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पुन: भेटवार्ताका लागि समय र स्थानबारे छलफल भइरहेको अवस्थामा भएको चीन भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

किमले उत्तरको भागडोर सम्हाले पछिको यो चौथो औपचारिक चीन भ्रमण हो। चीन उत्तरको प्रमुख कुटनीतिक सम्बन्ध भएको राष्ट्र हो।