938 views 0 secs 0 comments

आफ्ना पुरै पारिवारको हत्या गरेर आत्महत्या गरे ओम प्रकाशले…

In विश्व
३२ श्रावण २०७६, शनिबार १४:२४

भारतको कर्नाटक राज्य चामराजनगर जिल्लामा रहेको गुन्डलुपेट नजिक एक जनाले आफ्ना पुरै पारिवारको हत्या गरेर आत्महत्या गरेका छन् ।
मैसुरुमा बस्ने ओम प्रकाशले घुम्नका लागि घरबाट टाढा निक्लिएका आफ्ना परिवारका चार जना सदस्यलाई गोली प्रहार गरिसकेपछि उनले आफैमाथि गोली चलाएका थिए । उनले पहिला आमा–बुबा, फेरि पत्नी र छोरालाई गोली हानिसकेपछि आफैँमाथि गोली हानेका हुन् ।
सबै जनाको मृत्यु घटनास्थलमा नै भएको प्रहरीले जनाएको छ । घटनाको सूचना पाउनेबित्तिकै प्रहरी घटनास्थलमा पुगेको र शवलाई पोस्टमर्टमका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।