
भारतको तेलंगानाको सिद्दुला गुट्टा मन्दिर इलाकामा शुक्रबार एक महिलाको जलेको शव भेटिएको छ । यो क्षेत्र आरजीआई एयरपोर्ट पुलिस स्टेशन नजिकै छ । शमशाबाद जोनका डिसीपी प्रकाश रेड्डीले दिएको जानकारी अनुसार पुलिसलाई स्थानीयले मन्दिर नजिकै एक महिलाको शव जलिरहेको छ भन्ने जानकारी दिएका थिए । यद्यपि, मानिसहरुले आगो निभाउने कोसिस गरे तर उनीहरु असफल भए ।
पुलिसले भारतीय मिडियासँगको कुराकानीमा भने, ‘प्राथमिक रुपमा शव कुनै ३०–३५ वर्षीया महिलाको जस्तो लागिरहेको छ । उनको पहिचान अझै हुन बाँकी छ । शवलाई पोष्टमार्टमका लागि सरकारी अस्पताल पठाइएको छ ।’