इटालीको एउटा शहरमा मानिसहरूलाई बसाउनका लागि त्यहाँको सरकारले पैसा दिइरहेको छ । कन्डेला शहरका मेयर निकोला ग्याटाले शरहको जनसंख्या घट्दै गएपछि यो कदम उठाएकी हुन् ।
मेयरका अनुसार, शहरलाई सन् १९९० मा जस्तै आठ हजार जनसंख्या पु–याउने उनको लक्ष्य हो । अहिले यो शहरको जनसंख्या जम्मा २७ सय छ ।
यो शहरका गल्लीहरू मानिस र पर्यटकले भरिने गरेकोमा अर्थव्यवस्थामा संकट आएपछि मानिसहरू अन्तै बसाइँ सरेका थिए । त्यसपछि जनसंख्या बढाउनका लागि अनेकौं उपाय सोचिए ।
मेयरले यो अफरअन्तर्गत सिंगललाई ८०० युरो र कपललाई १२ सय युरो दिने फैसला गरेकी छन् ।
तीनदेखि पाँच सदस्य भएको परिवारलाई १५ सयदेखि १८ सयसम्म युरो दिइन्छ ।
यहाँ बस्नखोज्ने मानिसलाई करछुट र बालबच्चा स्याहार सुविधा पनि दिइनेछ । मेयरसँग काम गर्ने एक कर्मचारीका अनुसार, शहरको जीवनस्तर धेरै राम्रो छ ।