
भारतको नयाँ दिल्लीस्थित एक कारखानामा आइबार बिहान आगलागी हुँदा ३५ को मृत्यु भएको छ ।
दिल्ली दमकल विभागका मुख्य अधिकारी अतुल गर्गले अहिलेसम्म ५० बढी व्यक्तिलाई बाहिर निकालिएको जानकारी दिएका छन् । धेरैजसो मानिसहरु धुँवाका कारण प्रभावित भएको उनले बताए ।
डिप्युटी फायर चीफ अफिसर सुनिल चौधरीले भने, ‘आगो ६ सय स्क्वायर फिटको जग्गामा लागेको हो । यो एक कारखाना हो । त्यहाँ स्कूल ब्याग, बोतल र अन्य सामग्री राखिएका थिए । ’
डाक्टरको समूहले घाइतेको उपचार गरिरहेको छः
दमकल विभागका अनुसार आगो आइतबार बिहान ५ बजेर २२ मिनेटमा लागेको हो । ३० वटा दमकल आगो निभाउनका लागि घटनास्थलमा उपस्थित छ ।