897 views 0 secs 0 comments

अमेरिकाको टेक्सासस्थित चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार

In विश्व
८ पुष २०७४, शनिबार १५:१२

अमेरिकाको टेक्सासस्थित एक चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ ।

बन्दुकधारीको गोली लागेर अन्य २४ जना घाइते भएका छन् ।टेक्ससको विल्सन काउन्टीस्थित चर्चमा नियमित प्रार्थनाका लागि जम्मा भएका मानिसका बीचमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।चर्चमा पसेका बन्दुकधारीले स्थानीय समय अनुसार आइतबार बिहान साढे ११ बजे बन्दुक चलाएको प्रहरीले जनाएको छ ।

टेक्ससका गभर्नर ग्रेग एबोटले टेक्ससको इतिहासमै यो सबैभन्दा ठूलो र दुःखद गोलीकाण्ड भएको बताएका छन् ।
अन्धाधुन्ध गोली चलाउने बन्दुकधारी घटना लगतै जवाफी कारवाहीमा मारिएको उनले बताए । गाडीमा चढेर भाग्दै गरेका आक्रमणकारी प्रहरीको कारवाहीमा मारिएका हुन् ।

घटनामा ज्यान गुमाएकाको परिचय अहिलेसम्म खुलेको छैन र उद्धार तथा छानबिनको काम भइरहेको सरकारी अधिकारीले बताएका छन् ।यसअघि गत हप्ता न्यूयोर्कमा एक व्यक्तिले साइकल लेनमा ट्रक चलाउँदा ८ जनाको मृत्यु भएको थियो ।(एजेन्सी)