683 views 0 secs 0 comments

आजको बिदेशी मुद्राको विनिमयदर यस्तो छ …

In विश्व
१ पुष २०७६, मंगलवार ०९:४५

नेपाल राष्ट्र बैंकले मंगलबार (पुस १) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८९ पैसा रहेको छ । 
यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ २३ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३५ पैसा र बिक्रीदर २७ रुपैयाँ ५० पैसा रहेको छ।  
यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा रहेको छ । 
र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८४ पैसा र बिक्रीदर ३१रुपैयाँ ०१ पैसा रहेको छ ।