614 views 0 secs 0 comments

पाकिस्तानमा ब्रेक फेल भएर बस दुर्घटना हुँदा २६ जनाको मृत्यु…

In विश्व
५ आश्विन २०७६, आईतवार १४:१२

पाकिस्तानको उत्तरपूर्वी क्षेत्रमा रहेको चिलास जिल्लामा ब्रेक फेल भएर बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ।

आइतबार बिहान स्करदुदेखि रावलपिण्डी जाँदै गरेको बस ब्रेक फेल भएर पहाडमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटना दुर्गम क्षेत्रमा भएको हुँदा उद्दार कार्य गर्न समस्या आइरहेको प्रवक्ता फैजुल्ला फिराकले बताए।
उद्दार गर्न हेलिकप्टर पठाएको द डनले जनाएको छ।

घाइतेको उपचारका लागि चिलासका जिल्ला अस्पताल र डिएचक्यू अस्पतालमा पठाइएको छ।
यसअघि गत महिना पनि तीव्र गतिका कारण पाकिस्तानको उत्तर पश्चिम क्षेत्रका खोलामा खस्दा २४ जनाको ज्यान गएको थियो।